नयाँ दिल्ली- भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८२ हजारभन्दा बढी पुगेको छ। जोन्स होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार भारतमा कोरोना संक्रमितको संख्या ८२ हजार १ सय ३ पुगेको छ। यो नेपाली समयअनुसार दिउँसो २ बजेर ४० मिनेट जाँदाको विवरण हो।
भारतमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार ६ सय ४९ पुगेको छ। यस संक्रमणबाट निको भएका बिरामीको संख्या २७ हजार ९७७ जना रहेका छन्।
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन्। यहाँमात्र २७ हजार ५२४ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन्। महाराष्ट्रमा ६ हजार ५९ व्यक्ति निको भएर फर्किएका छन्। महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाछ १ हजार १९ जनाको मृत्यु भएको छ।
महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ। त्यहाँ ९ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने २ हजार २४० जना भने निको भएका छन्। तमिलनाडूमा ६६ जना कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
गुजरातमा ९ हजार ५९१ संक्रमति रहेका छन् भएका भने ३ हजार ७५३ निको भएका छन्। गुजरातमा कोरोना भाइरसको संक्रमणबाट ५८६ जनाको मृत्यु भएको छ। दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार ४७० पुगेको छ। दिल्लीमा ३ हजार ४५ कोराना भाइरसको (कोभिड–१९) को संक्रमित भएका छन्। दिल्लीमा ३ हजार ४५ जना कोरोना निको भएको छ। दिल्लीमा यस संक्रमणबाट ११५ जनाको मृत्यु भएको छ।
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो। कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिँदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।