काठमाडौं- सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा उपस्थित हुने सांसद र अन्यलाई बिनामास्क संसद भवनभित्र प्रवेशमा रोक लगाउने भएको छ।
संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवि भण्डारीले संबोधन गर्ने कार्यक्रम रहेको छ। सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्दैछ। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।
शुक्रबार ४ बजे निर्धारित संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछिन्। यसका लागि संसद् सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।