काठमाडौं- इटालियन ओलम्पिक कमिटीका प्रमुखका अनुसार कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको इटालियन लिग फुटबल सिरि ए इटाली सरकारले आउँदो जुन १३ मा सुरु गर्न अनुमति दिने लगभग पक्का भएको छ।
लिग सम्बद्धहरुको भिडियोमार्फत भएको बैठकले स्वास्थ्य अवस्था विचार गर्दै सरकारले अनुमति दिएमा जुन १३ बाट लिग सुरु गर्ने तयारी भएको छ। त्यसका लागि क्लबहरुको अभ्यास व्यक्तिगत रुपमा अभ्यास भइरहेको छ। आउँदो सोमबारदेखि सामूहिक अभ्यास सुरु गरिने पनि बताइएको छ।
सिरि ए गएको मार्च ९ देखि रोकिएको हो। जसमा हरेक टिमले १२ खेल खेल्न बाँकी रहेको छ।
‘खेल सकाउनेबारेको कुराकानी भइरहेको छ। सरकारले १३ जुनका लागि नै अनुमित दिने लगभग पक्का देखिएको छ। अहिलेको अवस्था सामान्य होइन तर पनि लिग खेलेरै सकाउने विषयमा सहमति जुटेको छ’ इटालियन ओलम्पिक कमिटीका प्रमुख जोभानी मालागोले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।