काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आजै संघीय संसदमा पेश हुने सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा छलफल भएको थियो। प्रधानमन्त्री केपी ओलीले केही सुझाब भए दिन सचिवालय सदस्यहरुलाई भनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सदस्यहरुले आफ्नो सुझाबहरु दिएको उनले बताए।
सरकारको तर्फबाट राष्ट्रपति विद्या भण्डारीले आज ४ बजे संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यतालिका छ।
सचिवालय बैठकमा स्थायी कमिटीको विषयमा भने छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए। उनले नीति तथा कार्यक्रमपछि बस्ने सचिवालय बैठकमा त्यस विषयमा छलफल हुनसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।