काठमाडौं- आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई कोरोना भाइरस विरुद्धको बीमा सुविधा उपलब्ध गराएको छ।
कम्पनीले आफ्ना सबै कर्मचारीका लागि १ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको हो।
'आइएमएस ग्रुपमा हामीले हाम्रो कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौं र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीहरूको हेरचाह गर्नु हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व हो,' कम्पनीका प्रेसिडेन्ट तथा सिइओ,' दिकेश मल्होत्राले भने।
आइएमएस ग्रुपअन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।