काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको इटालियन लिग फुटबल सिरि ए आउँदो जुन १३ बाट सुरु गर्नेगरी तयारी भइरहेको छ। तर त्यसका लागि इटाली सरकारको अनुमति मिल्न भने बाँकी छ।
लिग सम्बद्धहरुको भिडियोमार्फत भएको बैठकले स्वास्थ्य अवस्था विचार गर्दै सरकारले अनुमति दिएमा जुन १३ बाट लिग सुरु गर्ने तयारी भएको हो।
त्यसका लागि क्लबहरुको अभ्यास व्यक्तिगत रुपमा अभ्यास भइरहेको छ। आउँदो सोमबारदेखि सामूहिक अभ्यास सुरु गरिने पनि बताइएको छ। सिरि ए गएको मार्च ९ देखि रोकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।