काठमाडौं- सानिमा बैंकको डेविट वा क्रेडिट कार्ड प्रयोग गरी दारजबाट हरेक सोमबार अनलाइनमार्फत सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाइने भएको छ। सानिमा बैंक र दारज प्रालिबीचमा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको हाे।
यो योजना सोमबार (भोलि)देखि लागू हुने बैंकले जनाएको छ। उक्त सम्झौतामा सानिमा बैंकका तर्फबाट बिक्रम श्रेष्ठ र दराजका तर्फबाट प्रबन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरेका छन्। यो योजनाले ग्राहकहरु डिजिटल बैंकिङ प्रति आकर्षित हुने बैंकले जनाएको छ।
सानिमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरमै बसी अनलाइनबाटै मुद्दती खाता खोल्न तथा नवीकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुली र टेलिफोनकाे बील भुक्तानीलगायतका डिजिटल बैंकिङ सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।