काठमाडौं– चेल्सीले आफ्ना विदेशी खेलाडीलाई इंग्ल्यान्ड फर्किन आग्रह गरेको छ।
इंग्लिस प्रिमियर लिग जुन दोस्रो सातादेखि सुरु हुने भनिएसँगै चेल्सीले आफ्ना विदेशी खेलाडीलाई इंग्ल्यान्ड फर्किन आग्रह गरेको हो।
कोरोना भाइरस (कोभिड–१९) को कारण प्रिमियर लिग मार्च १३ तारिखमा रोकिएसँगै चेल्सीका धेरै विदेशी खेलाडी घर फर्किएका थिए।
प्रिमियर लिग सुचारु गर्ने सम्बन्धी आज (शुक्रबार) भिडियो कन्फरेन्सबाट बैठक बस्दै छ।
यता, चेल्सीले पनि शुक्रबारबाट नै अभ्यास थाल्ने तयारी गरेको छ। तर चेल्सीका विलियन, क्रिष्टियन पुलिसिक, इमरेसन लगायतका धेरै खेलाडी आफ्नै देशमा छन्। प्रिमियर लिगका धेरै क्लबले आफ्ना खेलाडीलाई व्यक्तिगत अभ्यास गराउँदै आएको छ। तर चेल्सीले गराएको छैन।
इंग्ल्यान्डका सरकारले आफ्नो देशमा भित्रिने सबैले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ। यस कारणले गर्दा पनि चेल्सीले आफ्ना विदेशी खेलाडीले छिटो फर्किन आग्रह गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।