काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानीलगायतका विभिन्न सहरमा रहेका निम्नवर्गीय श्रमजीवी जनताको खाद्यान्नलगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्कने क्रममा अलपत्र परेका मजदूर र अन्य जनसमुदायलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउनुपर्ने सबैको कर्तव्य रहेको पनि स्मरण गराएका छन्।
प्रचण्डले कोरोना संक्रमणबाट बँच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवी समुदायमा अपील गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।