काठमाडौं- सरकारले महाकाली लोकमार्गअन्तर्गतको घाँटीबगर–टिंकर खण्डको ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने भएको छ। यही १४ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सडक खण्डको ट्र्याक खोल्न सेनालाई दिने निर्णय गरेको हो।
कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको टिंकरसम्म उत्तर–दक्षिण सडक सञ्जाल विस्तार गर्न २०६६ सालमा महाकाली लोकमार्गको काम अगाडि बढेको थियो। चार सय २५ किलोमिटर लामो उक्त लोकमार्ग निर्माणको काम आर्थिक वर्ष २०७३/७४ देखि सुरु भएको हो।
पहाडि क्षेत्रमा चट्टान फुटाउन विष्फोटक पदार्थको अभाव हुँदा काम प्रभावित हुँदै आएको थियो। महाकाली लोकमार्गको कुल १ सय ३४ किलोमिटरमध्ये ठेक्का लाग्न बाँकी ८७ किलोमिटर सडक खण्डको ट्र्याक खुल्न नेपाली सेना मार्फत गराउन मन्त्रिपरिषद्ले स्वीकृत दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।