काठमाडौं– पर्साको वीरगंज महागरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्।
सोही महानगरपालिका–१६ इनर्वा गाउँ बस्ने २९ वर्षीय लालबाबु कुमार यादवलाई बुधबार साँझ पर्सा प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा अवैध वित्तिय कारोवार (हुण्डी) भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको हो।
रक्सौलबाट वीरगंजतर्फ जाँदै गरेको ना ६२ प ९५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादवलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।