काठमाडौं–इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय डिफेन्डर ट्रेभर चेरीको असामयिक निधन भएको छ।
७२ वर्षको उमेरमा उनको बुधबार निधन भएको उनका पूर्व क्लब लिड्स युनाइटेडले जानकारी दिएको छ। चेरीले सन् १९७२ मा हडर्सफिल्डबाट लिड्स युनाइटेड गएका थिए। उनले लिग च्याम्पियनसिपको उपाधि १९७४ मा लिड्सले जित्दा महत्वपूर्ण भूमिका निभाएका थिए।
उनले ४८६ खेल लिड्स क्लबबाट खेले। उनले आफ्नो देशबाट भने २७ खेल खेले। सन् १९८० मा भएको युरोपियन च्याम्पियनसिपमा चेरी इंग्ल्यान्डका कप्तानको रुपमा टिममा परेका थिए।
चेरीले फुटबलरको रुपमा मात्रै रहेनन्। आफ्नो खेलाडी जीवनबाट विदा भएपछि उनी प्रशिक्षकको भूमिकामा पनि देखा परे। उनले सन् १९८२ देखि १९८७ सम्म ब्राडफोर्ड सिटीका प्रशिक्षक भएर काम गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।