काठमाडौं- मोबाइल फोन आयातकर्ताहरूको संस्था मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले नेपाली सेनालाई १० हजार थान मास्क हस्तान्तरण गरेको छ। कोरोना भाइरसको महामारी नियन्त्रणमा सहयोग होस् भनेर नेपाली सेनाको सैनिक स्वास्थ्य महानिर्देशनालयलाई १० हजार थान मास्क प्रदान गरिएको एसोसिएसनले जानकारी दिएको छ।
बुधबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा एसोसिएसनका अध्यक्ष दीपक कुमार मल्होत्रालगायतका पदाधिकारीले संयुक्त रुपमा मास्क हस्तान्तरण गरेका हुन्।
एसोसिएसनका अध्यक्ष मल्होत्राले कोरोना भाइरसको महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा तथा स्वास्थ्य निकालाई थप बल प्रदान गर्न मास्क वितरण गरिएको बताए। एसोसिएसनले यसअघि ट्राफिक प्रहरी र नेपाल प्रहरीको प्रहरी अस्पताललाई पनि मास्क वितरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।