• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के कोरोना भाइरसले कार किन्ने शैली नै बदल्दिँदै छ?

धमाधम घोषणा हुँदै नयाँ प्लेटफर्म, नेपाली व्यवसायी पनि तयारी गर्दै
64x64
नेपाल लाइभ बुधबार, वैशाख १७, २०७७  १६:१५
1140x725

काठमाडौं- कोरोना भाइरसका कारण विश्वका ४ अर्बभन्दा बढी मानिस घरभित्रै छन् भने बाँकी पनि पूर्ववत अवस्थामा निर्वाद हिँडडुन गर्न सकेका छैनन्। कोरोनाको संक्रमण न्यूनीकरण गर्न अधिकांश देश लकडाउनमा छन्।

यो अवस्थामा दैनिक उपभोग्य सामग्री बाहेकका वस्तुको बिक्री शून्य प्रायः छ। यी सामग्री पनि कतिपय ठाउँ र सहरमा अनलाइबाट बिक्री भइरहेका छन्। लकडाउन खुलेपछि पनि मानिसमा सामान खरिदको आदत अनलाइनतर्फ नै हुने देखिन्छ। यसको कारण हो एउटा लकडाउनको समयमा लागेको बानी र अर्को कोरोनाको भ्याक्सिन पत्ता नलागेसम्म जोखिम कम गर्न कायम राख्नु पर्ने ’सोसियल डिस्ट्यान्सिङ’।

यसैको परिणामस्वरूप सवारी उत्पादक कम्पनीहरूले अनलाइनबाट कार तथा मोटरसाइकल बिक्री गर्ने आधार धमाधम तयार गर्दैछन्। यो युरोपदेखि भारतसम्मै घोषणा हुनेक्रम जारी छ। अनलाइन बिक्री प्लेटफर्म तयार पारेर लकडाउन खुलेपछि वा खुकुलो भएपछि त्यो सञ्चालन ल्याउने कम्पनीहरूले बताएका छन्। केही कम्पनीले सुरू भइसकेको समेत बताएका छन्।

कोरियाली कार उत्पादक हुन्डाई मोटर्स र जापानी कम्पनी होन्डाले पनि भारतमा कार बिक्रीका लागि अनलाइन प्लेटफर्मको घोषणा गरिसकेका छन्।

भारतमा सवारी बिक्री गर्दै आएका कम्पनीहरुले धमाधम अनलाइन प्लेटफर्म सार्वजनिक गर्न थालेका छन्। कोरोना भाइरसको महामारीका कारण लकडाउनमा रहेको भारत सामान्य अवस्थामा आएसँगै कम्पनीहरुले सोही प्लेटफर्ममार्फत् नै सवारी बिक्री गर्ने बताएका छन्।

उक्त प्लेटफर्ममार्फत् सवारी खरिद गर्दा उपभोक्ताहरु डिलरसम्म जानुपर्ने बाध्यता हुँदैन। कोरोना भाइरसको भ्याक्सिन नबन्दासम्म मानिसहरु भीडभाडमा जान डराउने वा भाइरसको संक्रमण हुने जोखिम कामयै रहन्छ। त्यसैले सवारी कम्पनीहरुले बिक्रीको वैकल्पिक उपायतर्फ लम्किएका हुन्।

जर्मन कार निर्माता मर्सिडिज र फक्सवागनले गएको सोमबार सवारी बिक्रीको डिजिटल सेल्स प्लेटफर्मको घोषणा गरेका छन्। यो प्लेटफर्ममा कम्पनीहरुले डिलरहरुलाई समेत समावेश गरेका छन्। मर्सिडिजले सो प्लेटफर्मको नाम ‘मर्क फ्रम होम’ राखेको छ। यो प्लेटफर्ममा मूल्य, छुट, अफर, उपलब्ध स्टक कारबारे पूर्व जानकारी हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

उपभोक्ताले खाद्य वस्तु खरिद गरेजस्तै गरी सवारी किन्न सकिने व्यवस्था मिलाइएको मर्सिडिज बेन्ज इन्डियाका एमडी तथा सिइओ मार्टिन सेवन्कको भनाइ छ। सन् २०२५ सम्ममा मर्सिडिजले विश्वभर बिक्री गर्ने कूल कार मध्ये २५ प्रतिशत अनलाइनबाटै बिक्री हुने अनुमान गरिएको उनले बताए।

अर्को जर्मन कार उत्पादक बिएमडब्लूले अप्रिलको सुरुवातमै प्रत्यक्ष सम्पर्क नगरी सवारी किन्न मिल्ने प्लेटफर्म सार्वजनिक गरेको थियो। भारतीय तथा भारतमा प्लान्ट स्थापना गरेका बहुराष्ट्रिय कम्पनीहरुले पनि त्यस्तो प्लेटफर्मको घोषणा गरिसकेको वा गर्ने तयारीमा रहेका छन्। एमजी, हुन्डाई, मारुती सुजुकी टोयोटालगायतले घोषणा गरी सकेका छन्। यो प्लेटफर्मलाई कम्पनीहरुले कोरोना महामारीको अन्त्यपछि व्यापक रुपमा प्रयोगमा ल्याउने तय गरेका छन्।

लकडाउनपछि मानिसहरु जम्मा हुने वा समूहमा भेला हुने भन्ने कुरा हराउन सक्ने भएकाले अनलाइन प्लेटफर्म विस्तार हुने विज्ञहरुको भनाइ छ। अटोमोटिभ विजनेश इन्टेलिजेन्स फर्म जाटो डाइनामिक्सका प्रमुख रवी भाटियाका अनुसार कम्पनीहरुले अनलाइन बिक्रीका लागि समग्रमा एउटै प्लेटफर्म प्रयोगमा ल्याउन खोजेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाल कम्पनीहरुले सवारीको सर्भिसका लागि समेत अनलाइन प्लेटफर्मको प्रयोग गर्दै आएका छन्। हालै गरिएको एक अध्ययनअनुसार सहभागी मध्ये ५० प्रतिशतभन्दा बढीले अब सवारी खरिद गर्दा अनलाइनमा उपलब्ध भए त्यहीबाटै किन्ने मत जाहेर गरेका थिए।

नेपालमा अनलाइन बिक्री कति सम्भव
नेपाली बजारमा पनि सवारी बिक्रेताहरुले हाल सर्भिस, सोधपुछ जस्ता कुरा भने अनलाइनबाटै गर्दै आएका छन्। तर, तत्काल बिक्री गर्ने आधार बनी नसकेको उनीहरुको भनाइ छ।

समयको परिवर्तनसँगै नयाँ प्लेटफर्ममा जानुपर्ने भएपनि तत्काल त्यो वातावरण बनीनसकेको फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जिओ फार्डका कार्यकारी निर्देशक आकाश गोल्छाले बताए। ‘हामीले अहिले पनि सर्भिसको बुकिङ, उपभोक्ताको जिज्ञासा अनलाइनबाटै सम्बोधन गर्दै आएका छौं,’ उनले भने, ‘तर बिक्रीकै लागि अनलाइनमा गइहाल्न केही समय लाग्छ। नेपालीहरु आफैंले भौतिक रुपमा हेरेर नै किन्ने गरेका छन्। त्यसैले यसका लागि केही समय लाग्छ होला।’

तत्काल सवारी बिक्रीकै लागि अनलाइनमै जाने अवस्था देखिइ नसकेको हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका मिडिया एन्ड मार्केटिङ प्रमुख अवाषिश ओझाले बताए। हुन्डाई कम्पनीले विश्वव्यापी रुपमा नै अनलाइन बिक्री प्लेटफर्मलाई प्राथमिकता दिएको भएपनि नेपालमा त्यो उपभोक्ताले स्वीकार समय लाग्ने उनको भनाइ छ।

‘दीर्घकालिन रुपमा जाने त अनलाइन बिक्री प्लेटफर्ममै हो,’ उनले भने, ‘अहिले सर्भिस, सवारीको बारेमा जानकारी अनलाइनबाटै उपलब्ध गराइएको भएपनि बिक्री कै लागि उपभोक्ताले त्यो के गर्छन भन्ने नै छ।’ प्लेटफर्म तयारी अवस्थामै भएकाले उपभोक्तामा बानीको विकास हुँदा त्यसलाई चलाउन अप्ठेरो नपर्ने उनले बताए। 

अन्य सवारी बिक्रेताहरुले पनि यसबारेमा सोच बनाएको भएपनि त्यसमा जाने अवस्था भने तत्काल नभएको बताएका छन्। नेपालमा जनसंख्याका हिसाबले पनि र मानिसको सोचले त्यो स्वीकार गर्न समय लाग्ने उनीहरुको भनाइ छ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तातोपानी नाका तीन दिन खुल्ने
जाजरकोट अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते
पत्रकार किशोर श्रेष्ठलाई घरबाटै प्रहरीले किन पुर्यायाे साईबर व्यूरो ?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
तातोपानी नाका तीन दिन खुल्ने शनिबार, असोज ३१, २०८३
जाजरकोट अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठलाई घरबाटै प्रहरीले किन पुर्यायाे साईबर व्यूरो ? शनिबार, असोज ३१, २०८३
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्