काठमाडौं- ए डिभिजन क्लब फ्रेन्ड्सका पूर्वखेलाडी महेश पन्थीको निधन भएको छ। अमेरिकामा बसोबास गरिरहेका उनको कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु भएको हो।
फ्रेन्ड्स क्लबले उनको निधनको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएको छ।
नेपालमा ललितपुर कुपन्डोलमा पनि घर भएका पन्थी अमेरिकामा बसोबास गर्न थालेको १० वर्ष बढी भइसकेको थियो। अमेरिकामा उनी भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका थिए। उनको परिवारमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।