काठमाडौं- पाकिस्तानका क्रिकेटर उमर अकमाललाई सबै प्रकारका क्रिकेट खेल्न नपाउने गरी तीन वर्षको प्रतिबन्ध लगाइएको छ। भ्रष्टाचारका विषयमा उठेका प्रश्नहरुको जवाफ दिन नसक्दा पाकिस्तान क्रिकेट बोर्डको ‘एन्टी करपसन कोड’ अनुसार उनीमाथि प्रतिबन्ध लगाइएको हो।
उमरमाथि लगाइएको प्रतिबन्ध यस्तै घटनामा सबैभन्दा बढी हो। २०१७ मा यस्तै अवस्थामा मोहम्मद इरफानमाथि ६ महिनाको प्रतिबन्ध मात्र लगाइएको थियो। साथै मोहम्मद नवाजलाई दुई महिनाको प्रतिबन्ध र सबिक अल हसनलाई दुई वर्षको प्रतिबन्ध लगाइएको थियो।
पाकिस्तान क्रिकेट लिगका दौरान दुई व्यक्तिले आफूलाई रकमको प्रस्ताव गरेको बताएका उमरले समयमा नै उक्त सूचना नदिएको भन्दै उनीमाथि नै भ्रष्टाचार मुद्दामा कारबाही गरिएको हो।
उमरले पाकिस्तानका लागि १६ टेस्ट, १ सय २१ एकदिवसीइ र ८४ टी ट्वान्टी खेल खेलिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।