काठमाडौं- नेपाली कांग्रेस निकट नेपाल किसान संघले कोरोना भाइरस महामारीबाट व्यावसायिक किसानमा दीर्घकालिन क्षति पुगेको जनाएको छ।
व्यवसायिक उत्पादनमा संलग्न किसानले उत्पादन बजारमा पु¥याउन नपाएर नष्ट गराउनु परेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ। कृषि व्यवसायका लागि लिइएको ऋण डुब्ने अवस्थामा पुगेको संघले जनाएको छ।
कृषिजन्य कच्चा पदार्थमा आधारित कृषि उद्यमीहरु गम्भीर संकटमा परेको जनाउँदै कृषकलाई क्षतिपूर्ति प्रदान गर्न माग गरिएको छ। उत्पादनमा लागेका किसानहरु मल बीऊको अभावमा उत्पादनका कार्यमा लाग्न नपाएको प्रति सरकारको ध्यानाकर्षण गरिएको छ।
संघले कोरोना भाइरस र सरकारले कृषकका समस्यालाई नजरअन्दाज गर्दा कृषि क्षेत्र र कृषकको अवस्था तहसनहस भएको उल्लेख गरिएको छ। दुरगामी असर अर्थव्यवस्थामा पर्ने भन्दै चिन्ता व्यक्त संघले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।