काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बीमाशुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ। इन्स्योरेन्सका बिमितले इसेवाको मोबाईल एप्स्बाट सहजै भुक्तानी गर्न सक्ने जानकारी कम्पनीले दिएको छ। इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेसमेत जानकारी कम्पनीले गराएको छ।
गुराँस लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘हामीले पछिल्ला दिनमा जीवनबीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्टसम्म पुग्नै पर्ने बाध्यता अन्त्य गर्न यो सेवा सुरु गरेका हौँ। यस किसिमको सहकार्यले बमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ।’
देशभर ९० हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोड भन्दा बढिले सेवा लिइरहेका छन्। इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।