काठमाडौं– लकडाउन र अध्यादेश सम्बन्धमा निर्णय लिन मन्त्रिपरिषदको बैठक बोलाइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे मन्त्रिपरिषदको बैठक बस्ने एक मन्त्रीले बताए।
संक्रमित जिल्लामा थप कडाई गर्दै केही जिल्लामा लकडाउन खुलाउने सरकारको तयारी छ।
सोमबार जारी भएको अध्यादेश आजको मन्त्रिपरिषदले फिर्ता लिने बताइएको छ। पार्टीभित्र र बाहिरबाट अध्यादेशको व्यापक विरोध भएपछि प्रधानमन्त्री त्यसलाई फिर्ता लिन सहमत भएको खबर बिहीबार सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।