काठमाडाै-नेपाल वायुसेवा निगमले करारमा रहेका विदेशी पाइलटकाे तलब घटाउने निर्णय गरेकाे छ। निगमले उनीहरुकाे तलब ४० देखि ५० प्रतिशत घटाउने निर्णय गरेकाे हाे।
निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले १० हजार डलरभन्दा कम खानेकाे ४० प्रतिशत र त्यसभन्दा माथि रहेका विदेशी पाइलटकाे तलब ५० प्रतिशत कटाैती गर्ने निर्णय गरेका हुन्।
काेराेनाका कारण निगम चरम संकटमा परेकाे भन्दै आर्थिक भार कम गर्न तलब कटाैती गरिएकाे उनकाे भनाइ छ। निगमले यसअघि लकडाउन सुरू भएसँगै एयर हाेस्टेसलाई बिदा दिने निर्णय गरेकाे थियाे।
निगममा विदेशी पाईलटले न्यूनतम १३ हजार डलर तलब खाने गरेका थिए। त्यसमा पनि तलबबाहेक ३६ प्रतिशत कर निगमले नै तिर्ने गरेकाे थियाे। अहिले निगममा १३ विदेशी पाइलट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।