काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ कुल २० हजार ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ६ सय ४५ जनाले कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ।
भारतमा ३ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन्।
विश्वभर कोरोना : २५ लाख ६१ हजार संक्रमित, १ लाख ७७ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमितको संख्या २५ लाख ६१ हजार ४४ पुगेको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार, संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ८ लाख २३ हजार ७ सय ८६ लाई संक्रमण पुष्टि भएको छ।
त्यस्तै, स्पेनमा २ लाख ४ हजार १ सय ७८, इटालीमा १ लाख ८३ हजार ९ सय ५७, फ्रान्समा १ लाख ५९ हजार २ सय ९७, जर्मनीमा १ लाख ४८ हजार २ सय ९१, बेलायतमा १ लाख ३० हजार १ सय ७२ तथा टर्कीमा ९५ हजार ५ सय ९१ लाई संक्रमण पुष्टि भएको छ।
कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार नजिक पुगेको छ। बुधबार बिहानसम्म १ लाख ७६ हजार ९ सय ८४ को मृत्यु भइसकेको छ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ झन्डै ४५ हजारको मृत्यु भइसकेको छ।
इटालीमा २४ हजार ६ सय ४८, स्पेनमा २१ हजार २ सय ८२, फ्रान्समा २० हजार ७ सय ९६, बेलायतमा १७ हजार ३ सय ३७ को मृत्यु भइसकेको छ।
अहिलेसम्म कुल ६ लाख ७९ हजार ८ सय १९ उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।