काठमाडौं- पूर्व प्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले लोकतन्त्रका हत्यारादेखि सावधान हुन आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट पारित गराएर राष्ट्रपतिबाट्ट २ अध्यादेश जारी भएपछि डा बाबुरामले सामाजिक सञ्जाल ट्विटरमा आक्रोश पोखेका हुन्।
'सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो,' ट्विटमा लेखिएको छ।
यसका साथै जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध भएको उनको तर्क छ।
'साथै जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध हो। देश थप संकटमा फस्दैछ! लोकतन्त्रका हत्यारादेखि सावधान!,' उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।