काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीले पेरुका युवा डिफेन्डरलाई आफ्नो क्लबमा अनुबन्धन गरेको छ।
सिटीले पेरुका १६ वर्षीय डिफेन्डर क्लुइविर्थ एगुइलरलाई आफ्नो क्लबमा अनुबन्धित गरेको हो। एगुइलर अहिले एलायन्स लिमा क्लबमा आबद्ध छन्। उनी सन् २०२१ को मे मा १८ वर्षको हुने छन्। यो अवधिसम्म एगुइलर लिमा मै रहने छन्।
सिटीमा अनुबन्धित भएपछि एगुइलरले भनेका छन्, ‘मेरो सपना पूरा हुँदैछ। पहिलो कुरा मैले टिमको उत्कृष्ट प्रदर्शन गर्नु पर्छ।’
उनले २०१९ मा पेरुको यु–१७ बाट खेलेका थिए। दक्षिण अमेरिकन यु–१७ च्याम्पियनसिपमा खेल्दा एगुइलर मात्र १५ वर्षका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।