काठमाडौं- विश्वभर कोरोना पुष्टि हुनेको संख्या २४ लाख १ हजार ३ सय ७९ पुगेको छ।
कोरोना संक्रमित हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ७ लाख ५९ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, स्पेनमा १ लाख ९८ हजार ६ सय ७४, इटालीमा १ लाख ७८ हजार ९ सय ७२, फ्रान्समा १ लाख ५४ हजार ९७, जर्मनीमा १ लाख ४५ हजार १ सय ८४, बेलायतमा १ लाख २१ हजार १ सय ७२ संक्रमित भएका छन्।
जोन हप्किन्स विश्वविद्यालयमा प्रकाशित सोमबार बिहानसम्मको तथ्यांक अनुसार, विश्वभर १ लाख ६५ हजार ४४ जनाको मृत्यु भइसकेको छ।
मृत्यु हुनेको संख्या अमेरिमामा सर्वाधिक छ। त्यहाँ ३३ हजार ९ सय ३ को मृत्यु भइसकेको छ। इटालीमा २३ हजार ६ सय ६०, स्पेनमा २० हजार ४ सय ५३, फ्रान्समा १९ हजार ७ सय १८, बेलायतमा १६ हजार ६० जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, विश्वभर ६ लाख २३ हजार ९ सय ३ जना उपचारपछि निको भइसकेका छन्। निको हुनेमा जर्मनीमा बढी छन्। त्यहाँ ८८ हजार निको भइसकेका छन्। त्यस्तै, चीनमा ७७ हजार ६ सय ९०, स्पेनमा ७७ हजार ३ सय ५७, अमेरिकामा ७० हजार ३ सय ३७ निको भइसकेका छन्।
नेपालमा पनि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ४ जना उपचारपछि निको भइसकेका छन्। बाँकी २७ जना उपचाररत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।