काठमाडौं- विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २३ लाख १७ हजार ७ सय ५९ पुगेको छ।
संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा छ। त्यहाँ ७ लाख ३२ हजार १ सय ९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकापछि स्पेनमा त्यो संख्या बढी छ। त्यहाँ १ लाख ९१ हजार ७ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, इटालीमा १ लाख ७५ हजार ९ सय २५, फ्रान्समा १ लाख ४९ हजार १ सय ४९, जर्मनीमा १ लाख ४३ हजार ३ सय ४२ तथा बेलायतमा १ लाख १५ हजार ३ सय १४ जनामा संक्रमण पुष्टि भएको छ।
जोन हप्किन्स विश्वविद्यालयमा प्रकाशित आइतबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५९ हजार ५ सय १० पुगेको छ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै उच्च छ। त्यहाँ ३१ हजार ४ सय ५६ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, इटालीमा २३ हजार २ सय २७, स्पेनमा २० हजार ४३, फ्रान्समा १९ हजार ३ सय २३ तथा बेलायतमा १५ हजार ४ सय ६४ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, ५ लाख ९२ हजार ३ सय १९ उपचारपछि निको भएका छन्।
नेपालमा पनि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ३ जनाको उपचारपछि निको भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।