काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासिय डाक्टरहरुले ड्युटी सकेर फर्केका तीन जना डाक्टरमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गरेका छन्।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (र्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै डाक्टरमाथि लाठीचार्ज र गालीगलौज गर्ने प्रहरीलाई कारबाही अगाडी बढाउन माग गरेको हो।
एसोसिएसनले कारबाहीको प्रक्रिया अगाडि नबढाए कडाभन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ।
बुधबार राती ८ बजे अस्पतालबाट ड्युटी सकेर फर्कने क्रममा कान्ति बाल अस्पताल पछाडिको आरोलामा प्रहरीले तीन जना डाक्टरमाथि लाठी प्रहार गरेको थियो। प्रहरीको लाठी प्रहारका कारण एक जना डाक्टरको हात र ढाडमा चोट लागेको छ।
प्रहरीले डाक्टर शम्भु खनाल, डा विकास शाह र डा तेजप्रकाश साहमाथि लाठी प्रहार गरेको हो। लाठी प्रहारका कारण डा तेजप्रकाशको हात र ढाडमा चोट लागेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्साल भने नकुटेको, बरु लखेटेको मात्रै दाबी गर्छन्।
सम्बन्धितः
ड्युटी सकेर फर्केका डाक्टरमाथि प्रहरीको कुटपिट
डाक्टर कुट्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।