• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

एबी डी भिलियर्सले खेल्लान् टी ट्वान्टी विश्वकप?

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २, २०७७  १४:१५
1140x725

काठमाडौं- दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले टी ट्वान्टी विश्वकप खेल्न आफू तयार रहेको बताए पनि कोरोना भाइरस (कोभिड १९) का कारण प्रतियोगिता सरेमा उनको उपस्थितिको सम्भावना कमजोर हुनेछ। अस्ट्रेलियामा आउँदो अक्टोवर १८ देखि नोभेम्बर १५ सम्म हुने तय रहेको प्रतियोगितालाई अहिलेको परिस्थितिले असर गर्ने डर बढेको छ। 

३६ वर्षका डी भिलियर्सले २०१७ को अक्टोवर २९ मा बंगलादेशविरुद्ध खेलेपछि टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। टी ट्वान्टी खेलकै कुरा गर्दा भने उनी यसै सिजनको बिग ब्यास लिगसम्म खेलिरहेका थिए। 

दक्षिण अफ्रिकाको एक साप्ताहिक पत्रिका ‘रापोर्ट’ लाई उद्धृत गर्दै इएसपिएन क्रिकइन्फोले लेखेको छ- ‘खेलाडीका लागि खेलको लयसँगै फिटनेसका कुराले पनि ठूलो अर्थ राख्नेछ, गएको वर्ष एकदिवसीय विश्वकपमा आउन चाहँदाको जस्तो असफलतालाई पनि उनले विचार गरेका छन्।’

२०१८ को मे महिनामा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएर बसिरहेका डी भिलियर्सले गएको वर्ष एकदिवसीय विश्वकपमा खेल्ने चाहना अन्तिम समयमा देखाउँदा उनलाई दक्षिण अफ्रिकी टिम ब्यवस्थापनले अनुमति दिएको थिएन। अन्तिममा समयमा उनलाई खेलाउँदा लामो समयदेखि अभ्यासमा सँगै रहेका खेलाडीलाई न्याय नहुने ब्यवस्थापनले बताएको थियो। 

अहिले गएको डिसेम्बरदेखि मार्क बोचरले दक्षिण अफ्रिकी टिमलाई प्रशिक्षण दिन थालेदेखि डी भिलियर्स टिमको टी ट्वान्टी विश्वकप योजनासँग जोडिएका छन्। बिग ब्यास खेलिरहेकै बेला पत्रकारहरुसँग डी भिलियर्सले भनेका थिए- ‘दक्षिण अफ्रिकाका लागि फेरि मैदान फर्कन पाए मलाई खुसी लाग्नेछ। आश गरौँ त्यो छिटै हुनेछ पनि।’

तर गएको फेब्रुअरीमा दक्षिण अफ्रिकाले इंग्ल्याण्ड र अस्ट्रेलियासँग खेल्ने टी ट्वान्टी टिममा डी भिलियर्सको नाम समावेश भएन। डी भिलियर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेपछि उनी टिममा फर्कन सक्ने संकेत भने मिलेको थियो। दक्षिण अफ्रिकाले जुनमा श्रीलंकासँग र जुलाई र अगस्टमा वेस्ट इन्डिजसँग पाँच टी ट्वान्टी खेल खेल्ने तालिका पनि तय छ। 

तर ती सबै खेलसँगै आइपिएल र टी ट्वान्टी विश्वकप पनि कोरोना भाइरस (कोभिड १९) का कारण अहिले अन्योलमा छ। यस्तोमा बढ्दो उमेर र खेल लयमा आइरहेको चिन्ताका कारण डी भिलयर्सको विश्वकपमा देशका लागि खेलमा फर्कने चाहना पनि अन्योलमा नै परेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘यदि विश्वकप एक वर्ष पछि धकेलियो भने धेरै कुराहरु फेरिने छ। अहिलेको अवस्थामा म खेल्न सक्नेछु भन्ने लागिरहेको छ तर खेल हुने समयसम्म शरीरले के संकेत गर्नेछ त्यो थाहा छैन। यदि म शतप्रतिशत तयार रहेँ भने पक्कै पनि उपलब्ध हुनेछु’ डी भिलियर्सले भनेका छन्। 

अहिले कमब्याकको लागि डी भिलियर्स स्पष्ट नहुनुमा कारण फिटनेस मात्र पक्कै पनि होइन। यदि यहि वर्ष नै टी ट्वान्टी विश्वकप भयो भने पनि डी भिलियर्स चाहँदैनन् कि २०१९ को एकदिवसीय विश्वकप खेल्ने चाहना देखाउँदाको जस्तो खराब समय आओस्। गएको वर्ष उनले आफूले चाहेको बेलामा टिममा पर्न सक्छु भन्ने सोचेको भन्दै यही कारण डी भिलियर्सकै समेत आलोचना भएको थियो। 

डी भिलियर्स आफूले फरक सुविधा कहिले पनि नखोजेको बताउँछन्। आफूले आफ्नो चाहना व्यक्त गरेको र आवश्यक पर्दा खेल्न सक्ने जनाएको उनको भनाइ छ। ‘अरु हरेक खेलाडीले जस्तै टिममा आफ्नो स्थान बनाउन मैले पनि मेहनत गर्नैपर्छ, म टिममा योग्य छु भन्ने भएँ भने मात्र टिममा पर्ने हो। गएको वर्ष मैले आफ्नो लागि नभएको ठाउँ मागेको जस्तो आलोचना हुँदा मलाई निकै चित्त दुःखेको थियो’ उनले भने। 

अहिलेसम्म ७८ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका डी भिलयर्सले १३५.१६ को स्ट्राइक रेटमा १ हजार ६ सय ७२ रन बनाएका छन्। 

Xtrem

Xtrem

दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड १९) का कारण ३५ दिनको लकडाउन घोषणा गरिएको छ। अहिले त्यसको १९ दिन बितिसक्यो। घरबाहिर निस्कन पूर्ण बन्देज लगाएको अवस्थामा खेलाडीहरु घरमा नै मिल्दो व्यायाम गरेर बसिरहेका छन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा
देशका अधिकांश भू–भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो । शनिबार, असोज १७, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरेको हो । शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा आइतबार, असोज १८, २०८३
देशका अधिकांश भू–भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना आइतबार, असोज १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर आइतबार, असोज १८, २०८३
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्