• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
एबी डी भिलियर्सले खेल्लान् टी ट्वान्टी विश्वकप?
64x64
नेपाल लाइभ मंगलबार, वैशाख २, २०७७  १४:१५
1140x725

काठमाडौं- दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले टी ट्वान्टी विश्वकप खेल्न आफू तयार रहेको बताए पनि कोरोना भाइरस (कोभिड १९) का कारण प्रतियोगिता सरेमा उनको उपस्थितिको सम्भावना कमजोर हुनेछ। अस्ट्रेलियामा आउँदो अक्टोवर १८ देखि नोभेम्बर १५ सम्म हुने तय रहेको प्रतियोगितालाई अहिलेको परिस्थितिले असर गर्ने डर बढेको छ। 

३६ वर्षका डी भिलियर्सले २०१७ को अक्टोवर २९ मा बंगलादेशविरुद्ध खेलेपछि टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। टी ट्वान्टी खेलकै कुरा गर्दा भने उनी यसै सिजनको बिग ब्यास लिगसम्म खेलिरहेका थिए। 

दक्षिण अफ्रिकाको एक साप्ताहिक पत्रिका ‘रापोर्ट’ लाई उद्धृत गर्दै इएसपिएन क्रिकइन्फोले लेखेको छ- ‘खेलाडीका लागि खेलको लयसँगै फिटनेसका कुराले पनि ठूलो अर्थ राख्नेछ, गएको वर्ष एकदिवसीय विश्वकपमा आउन चाहँदाको जस्तो असफलतालाई पनि उनले विचार गरेका छन्।’

२०१८ को मे महिनामा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएर बसिरहेका डी भिलियर्सले गएको वर्ष एकदिवसीय विश्वकपमा खेल्ने चाहना अन्तिम समयमा देखाउँदा उनलाई दक्षिण अफ्रिकी टिम ब्यवस्थापनले अनुमति दिएको थिएन। अन्तिममा समयमा उनलाई खेलाउँदा लामो समयदेखि अभ्यासमा सँगै रहेका खेलाडीलाई न्याय नहुने ब्यवस्थापनले बताएको थियो। 

अहिले गएको डिसेम्बरदेखि मार्क बोचरले दक्षिण अफ्रिकी टिमलाई प्रशिक्षण दिन थालेदेखि डी भिलियर्स टिमको टी ट्वान्टी विश्वकप योजनासँग जोडिएका छन्। बिग ब्यास खेलिरहेकै बेला पत्रकारहरुसँग डी भिलियर्सले भनेका थिए- ‘दक्षिण अफ्रिकाका लागि फेरि मैदान फर्कन पाए मलाई खुसी लाग्नेछ। आश गरौँ त्यो छिटै हुनेछ पनि।’

तर गएको फेब्रुअरीमा दक्षिण अफ्रिकाले इंग्ल्याण्ड र अस्ट्रेलियासँग खेल्ने टी ट्वान्टी टिममा डी भिलियर्सको नाम समावेश भएन। डी भिलियर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेपछि उनी टिममा फर्कन सक्ने संकेत भने मिलेको थियो। दक्षिण अफ्रिकाले जुनमा श्रीलंकासँग र जुलाई र अगस्टमा वेस्ट इन्डिजसँग पाँच टी ट्वान्टी खेल खेल्ने तालिका पनि तय छ। 

तर ती सबै खेलसँगै आइपिएल र टी ट्वान्टी विश्वकप पनि कोरोना भाइरस (कोभिड १९) का कारण अहिले अन्योलमा छ। यस्तोमा बढ्दो उमेर र खेल लयमा आइरहेको चिन्ताका कारण डी भिलयर्सको विश्वकपमा देशका लागि खेलमा फर्कने चाहना पनि अन्योलमा नै परेको छ। 

Ncell 2
Ncell 2

‘यदि विश्वकप एक वर्ष पछि धकेलियो भने धेरै कुराहरु फेरिने छ। अहिलेको अवस्थामा म खेल्न सक्नेछु भन्ने लागिरहेको छ तर खेल हुने समयसम्म शरीरले के संकेत गर्नेछ त्यो थाहा छैन। यदि म शतप्रतिशत तयार रहेँ भने पक्कै पनि उपलब्ध हुनेछु’ डी भिलियर्सले भनेका छन्। 

अहिले कमब्याकको लागि डी भिलियर्स स्पष्ट नहुनुमा कारण फिटनेस मात्र पक्कै पनि होइन। यदि यहि वर्ष नै टी ट्वान्टी विश्वकप भयो भने पनि डी भिलियर्स चाहँदैनन् कि २०१९ को एकदिवसीय विश्वकप खेल्ने चाहना देखाउँदाको जस्तो खराब समय आओस्। गएको वर्ष उनले आफूले चाहेको बेलामा टिममा पर्न सक्छु भन्ने सोचेको भन्दै यही कारण डी भिलियर्सकै समेत आलोचना भएको थियो। 

डी भिलियर्स आफूले फरक सुविधा कहिले पनि नखोजेको बताउँछन्। आफूले आफ्नो चाहना व्यक्त गरेको र आवश्यक पर्दा खेल्न सक्ने जनाएको उनको भनाइ छ। ‘अरु हरेक खेलाडीले जस्तै टिममा आफ्नो स्थान बनाउन मैले पनि मेहनत गर्नैपर्छ, म टिममा योग्य छु भन्ने भएँ भने मात्र टिममा पर्ने हो। गएको वर्ष मैले आफ्नो लागि नभएको ठाउँ मागेको जस्तो आलोचना हुँदा मलाई निकै चित्त दुःखेको थियो’ उनले भने। 

अहिलेसम्म ७८ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका डी भिलयर्सले १३५.१६ को स्ट्राइक रेटमा १ हजार ६ सय ७२ रन बनाएका छन्। 

दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड १९) का कारण ३५ दिनको लकडाउन घोषणा गरिएको छ। अहिले त्यसको १९ दिन बितिसक्यो। घरबाहिर निस्कन पूर्ण बन्देज लगाएको अवस्थामा खेलाडीहरु घरमा नै मिल्दो व्यायाम गरेर बसिरहेका छन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गर्न योगेशको आग्रह
रसुवागढी क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै
सम्बन्धित सामग्री
मोन्टी देसाई काठमाडौंको मुख्य प्रशिक्षक नियुक्त नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक देसाईलाई काठमाडौंले मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत हो ।... बिहीबार, असार २६, २०८२
एसीसी यू-१६ कप विजेता खेलाडी र प्रशिक्षकलाई खेलकुद परिषद लुम्बिनीद्वारा नगदसहित सम्मान खेलकुद परिषद लुम्बिनीका सचिव तिरनदाज गौतमले शुुभम खनाल र रौनक श्रीवास्तवलाई जनही १ लाख, सहायक प्रशिक्षक क्षेत्रीलाई ५० हजारसहित सम्म... बिहीबार, असार २६, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार जारी गरेको समूह विभाजनमा नेपाल र कुवेत एकै समूहमा रहेका हुन्। प्रतियोगितामा सहभागी र... बिहीबार, असार २६, २०८२
ताजा समाचारसबै
च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गर्न योगेशको आग्रह शुक्रबार, असार २७, २०८२
रसुवागढी क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै शुक्रबार, असार २७, २०८२
मदिराको तालमा छोराले गरे बाबुको हत्या शुक्रबार, असार २७, २०८२
आज मौद्रिक नीति आउँदै शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
माओवादी केन्द्र र नेसपाबीच एकता, १५ जना केन्द्रीय सदस्यमा समाहित बिहीबार, असार २६, २०८२
अब चेक बाउन्स प्रमाणित भए ६ महिनाभित्र उजुरी दिनुपर्ने, ५ दिनभित्रै कालोसूचीमा राखिने बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्