काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)का नेता एवं सांसद राजेन्द्र महतोले संसदीय विकास कोषको रकम कोरनो भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गर्नुपर्ने माग गरेका छन्।
आइतबार बिज्ञप्ति निकाल्दै महतोले केन्द्रीय र प्रादेशिक कोषमा भएको रकम सम्बन्धित संसदीय क्षेत्रमा सर्वदलीय संयन्त्रमार्फत खर्च गर्न मिल्ने गरी कानुन संशोधन गर्न मा गरेका हुन्।
त्यस्तै आगामी आर्थिक वर्षको बजेट स्वाथ्य, कृषि र कोरोना विरुद्धको संघर्षका लागि प्रयोग गर्ने गरी बनाउन पनि उनले माग गरेका छन्।
प्रत्येक निर्वाचन क्षेत्रमा स्थानीय तहसँग समेत समन्वय गर्ने गरि अहिले ६ करोड विनियोजन हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।