काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २ सय नाघेको छ। भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शुक्रबार कोरोना संक्रमणबाट २ सय ६ जनाको मृत्यु भएको हो।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ। महाराष्ट्रमा अहिलेसम्म ९७ जनाले कोरोना भाइरसक संक्रमणबाट ज्यान गुमाएका छन्। गुजरातमा १७ जनाको ज्यान गएको छ भने मध्यप्रदेशमा १६, दिल्लीमा १३, पञ्जावमा ११, तामिलनाडु ८, तेलङ्गानामा ७ जनाको ज्गान गइसकेको छ।
मृत्यु हुनेहरुको संख्यासँगै कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ। शुक्रबार बेलुकासम्म भारतमा ६ हजार ७ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ।
सबैभन्दा धेरै संक्रमण महाराष्ट्रमा देखिएको छ। महाराष्ट्रमा १ हजार ३ सय ६४ मा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ। दिल्लीमा ८ सय ९८, तामिलनाडुमा ८ सय ३४ जनामा संक्रमण देखिएको छ।

नेपालसँग सिमा जोडिएको पश्चिम बंगालमा एक सय १६, उत्तरप्रदेशमा ४ सय ३१, उत्तराखण्डमा ३५ र बिहारमा ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।