काठमाडौं– विश्वभर महामारीको रुप लिइरहेको कारोना भाइरस (कोभिड–१९)बाट संक्रमितको संख्या १६ लाख कटेको छ। त्यस्तै मृतकको संख्या पनि ९६ हजार भन्दा बढी नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो विवरणअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ९६ हजार ७ सय ८३ पुगेको छ। त्यस्तै संक्रमितको संख्या १६ लाख ११ हजार ९ सय ८१ पुगेको छ।
पछिल्लो समय कोरोनबाट अति प्रभावित अमेरिकामा कोरानो संक्रमितको संख्या ४ लाख ६६ हजार २ सय ९९ रहेको छ। न्युयोर्कमा मात्रै ५ हजार १ सय ५० को मृत्यु भएको छ। स्पेनमा १ लाख ५७ हजार २२ लाई कोरोना संक्रमण भएको छ भने १५ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ।
त्यस्तै इटालीमा १ लाख ४३ हजार ६ सय २६ लाई कोरोना संक्रमण भएको छ भने १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ । उपचारपछि निको भएर फर्किनेहरु भने ३ लाख ६१ हजार २ सय ३५ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।