काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीहरुले एक महिनाको तलब कोरोनाविरुद्ध लड्न बनाइएको केन्द्रीय राहत कोषमा जम्मा गरेका छन्। गत चैत २४ गते नै मन्त्रिपरिषद्का सबै मन्त्रीले १ महिनाको तलब कोषमा जम्मा गरिसकेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले बताए।
तर, प्रधानमन्त्रीका विज्ञ र सल्लाहकारले आधा महिनाको मात्रै तलब जम्मा गरिएको समेत उनले बताए।
सरकारले निजी संघसस्था र व्यक्तिले कोरोना रोकथाम तथा नियन्त्रण र राहतका लागि कोष बनाउने नपाउने निर्णय गरेपछि सबै रकम केन्द्रीय कोषमा जम्मा हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।