काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) स्वास्थ्य सेवा विभागद्वारा मेडिकल सामग्री खरिदका लागि फेरि टेन्डर आह्वान, पुनः निजी क्षेत्रसँगै २३ प्रकारका औषधि तथा मेडिकल उपरकण खरिद गर्ने गरी सूचना प्रकाशित । ( टेन्डर आह्वान ) 
२) प्रधानमन्त्री ओलीको सम्बोधनमा प्रतिवाद गर्दै कांग्रेस सांसद गगन थापाको थप जिज्ञासा, ३० हजार क्वारेन्टिनमध्ये ९ हजार प्रयोगमा आएकाले सीमापारीबाट आएकालाई राख्न सकिने विकल्प प्रस्तुत । (प्रधानमन्त्रीलाई गगनका दर्जन प्रश्न )
३) कोरोना भाइरस संक्रमण रोकथाममा काठमाडौं महानगरको तयारीः राहत वितरण सुरु, जनशक्ति नहुँदा क्वारेन्टाइन खुल्न सकेन, विदेशबाट आउनेको विवरण संकलन जारी । (क्वारेन्टाइन खुल्न सकेन)
४) जेलबाट छुटे नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पाराग्वेमा पक्राउ परेका ब्राजिलियन पूर्वफुटबलर रोनाल्डिन्हो, १ दशमलव ६ मिलियन डलर जमानत बुझाएर रिहा । ( जेलबाट छुटे रोनाल्डिन्हो)
५) र, विश्व स्वास्थ्य संगठनप्रति राष्ट्रपति ट्रम्पको आक्रोस, अधिकतम पैसा अमेरिकासँग लिने तर चीनलाई केन्द्रमा राखेको आरोप, चीनसँग नाका खोल्न दिएको डब्लुएचओको सुझाव अस्वीकार । (डब्लुएचओप्रति ट्रम्पको आक्रोश)
                                                            
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।