 फाइल तस्बिर
                                        
                                            फाइल तस्बिर
                                        
                                    
                                                             
                            
                            काठमाडौं- शुक्रबार र शनिबार नेपाल एयलाइन्स जापान र चीन जाने भएको छ। नेपालमा रहेका जापानी नागरिक लिएर शुक्रबार एयरलाइन्स जापानको नारिता जाने तय भएको एयरलाइन्सले जानकारी दिएको छ। 
यसैगरी एयरलाइन्सकै जहाज शनिबार मेडिकल सामान लिन चीनको गोन्जाउ जानेसमेत तय भएको छ। जापानकाे नागरिक लैजान जापनिज दुतावासले चार्टर गरेकाे हाे भने शनिबार मेडिकल व्यवसायीकाे चार्टरमा सामान लिन जहाज चीन जानेछ।
यसैगरी, शुक्रबार नै बेलायाती नागरिक लिन टाइटान एयरकाे जहाज नेपाल आउने भएको छ। बुधबार मात्रै कतार एयरवेजले जर्मन नागरिक र टाइटान एयरले बेलायती नागरिक उद्धार गरेकाे थियाे।
कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेसँगै सबै विदेशी नागरिकलाई घर फर्किन आग्रह गरिसकेको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।