एजेन्सी–विश्वका अधिकांश देशमा महामारीको रुप लिएको कोरोना भाइरसको उद्गमथलो चीनको वुहान सहरमा दैनिकी सुरु भएको छ।
कोरोना भाइरसको पहिलो संक्रमण चीनको वुहानमा डिसेम्वर ३१ मा फेला परेको थियो। लगत्तै १ जनवरीमा ४० जना संक्रमित फेला परेका थिए। त्यसपछि २३ जनवरीमा पहिलो पटक सहरलाई लकडाउन गरिएको थियो। उक्त सहरका मानिसलाई बाहिर जान प्रतिबन्ध लगाइएको थियो।
करिब ३ महिनासम्म बन्द रहेको यो सहर अप्रिल लागेसँगै सामान्य हुन थालेको हो। हाल चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउने क्रम रोकिएको छ। संक्रमित हुने संख्या बिस्तारै कम हुँदै गएपछि सरकारले वुहानलाई खोल्ने निर्णय गरेको थियो। कोरोना भाइरसले विश्वका युरोप र अमेरिकामा विनाश मच्चाउँदै गर्दा चीन भने खुल्न लागेको हो। वुहानको वुचान रेल्वे पनि सुरु भएको छ। सार्वजनिक तस्बिरहरुमा मानिसहरु रेल चढ्नका लागि लाइन लागेको देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।