काठमाडौं- कोरोना भाइरस संक्रमणको कारण ८१ हजार ८ सय ६५ जनाले ज्यान गुमाएका छन्।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बुधबार बिहानसम्मको तथ्यांकअनुसार, १४ लाख २६ हजार ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ३ लाख ५४ जना उपचारपछि निको भएका छन्।
अमेरिकामा कोरोना संक्रमित ४ लाख नजिक
अमेरिकामा कोरोना संक्रमण चार लाख नजिक पुगेको छ।
बुधबार बिहानसम्मको तथ्यांकअनुसार त्यहाँ कुल ३ लाख ९६ हजार २ सय २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या पनि १२ हजार नाघेको छ।
त्यस्तै २१ हजारभन्दा बढी भने उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।