काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरेना भाइरस (कोभिड–१९)बाट अति प्रभावित इटाली र त्यस आसपासका क्षेत्रमा रहेका नेपालीप्रति चासो व्यक्त गरेकी छन्।
जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि/राजदूत मणिप्रसाद भट्टराईलाई टेलिफोन गरेर राष्ट्रपति भण्डारीले स्विट्जरल्याण्ड, इटाली, सानमारिनो तथा लिचेस्टाइनमा कोरोना संक्रमण र नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन्।
नेपाली नियोगले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपाली संघसंस्था तथा समुदायको समन्वयमा त्यस क्षेत्रमा अप्ठ्यारोमा परेका नेपालीलाई सम्भव भएसम्मको सहयोग गर्न निर्देशन दिएको बताएको छ।
त्यसक्रममा राष्ट्रपति भण्डारीलाई राजदूत भट्टराईले त्यस क्षेत्रका नेपालीका बारेमा जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।