काठमाडौं– नेपाल-भारत सीमामा अलपत्र परेका १ हजार २ सय ७३ नेपाली मजदुरहरुलाई भारतीय क्याम्पमा राखिएको छ। भारतमा काेराेना भाइरस (कोभिड- १९)काे संक्रमण बढ्दै गएपछि त्रासले स्वदेश फर्किन हिंडेरै सीमामा आएर अलपत्र परेका १ हजार २ सय ७३ नेपाली मजदुरहरुलाई भारतीय क्याम्पमा राखिएको हाे।
लकडाउनका कारण सीमानाका बन्द हुँदा घर फर्किएकाहरु सीमामा अलपत्र परेका थिए। नेपाल प्रवेशमा रोक लगाएसँगै सीमामा अलपत्र परेका मजदुरहरुलाई भारतको धार्चुला र पिथौरागढका क्याम्पमा राखिएको हो।
नेपाल र भारतका स्थानीय प्रशासनले नेपालमा रहेका भारतीयहरुलाई नेपालमै राख्ने तथा भारतमा रहेका नेपालीहरुलाई भारतमै राख्ने सहमति भएको थियो। सो सहमतिसँगै सीमामा अलपत्र परेका नेपालीहरुलाई भारतले क्याम्पमा राखेको हो। उनीहरुलाई कोरोना परीक्षणपछि दूरी कायम हुने गरी छुट्टाछुट्टै राखिएको छ। उनीहरुलाई त्यहाँका १० वटा क्याम्पमा छुट्टाछुट्टै राखिएको छ।
सीमामा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश छिर्न नदिएकाे भन्दै सरकारकाे आलाेचनासमेत भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।