काठमाडौं- पछिल्ला दिनमा कोरोना संक्रमण दर सबैभन्दा उच्च देखिएको अमेरिकामा ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ।
कोरोनाभाइसडटजेएयूडटइडियू मा प्रकाशित आइतबार बिहानसम्मको तथ्यांक अनुसार, अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। त्यहाँ १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभर ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ।
कोरोनाभाइसडटजेएयूडटइडियू मा प्रकाशित आइतबार बिहानसम्मको तथ्यांक अनुसार, कुल ११ लाख ९७ हजार ४ सय ५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
त्यस्तै, २ लाख ४६ हजार १ सय ८ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।