एजेन्सी- कोरोना भाइरसको संक्रमण बढेसँगै बेलायतमा चीनबाट मगाएको तीन सय भेन्टिलेटर आइपुगेको छ। ८ हजार संक्रमित अहिले बेलायतको भेन्टिलेटरमा छन्। दैनिक संक्रमितको संख्या बढिरहेको र मर्नेको संख्या समेत उच्च भएपछि बेलायतले चीनबाट भेन्टिलेटर मगाएको थियो।
बिबिसीका अनुसार शनिबार तीन सय भेन्टिलेटर आइसकेका छन्। अन्य नयाँ भेन्टिलेटर एक साताभित्र बेलायतमै उत्पादन हुनेछन्। बेलायती अधिकारीले बताए अनुसार उनीहरुले जर्मन र स्विजर्ल्याण्डबाट पनि भेन्टीलेटरहरु मगाएका छन्।
बेलायतमा शनिबार मात्रै ७ सय ८ जनाको मृत्यु भएको थियो। आगामी दुई साता बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या बढ्ने बेलायती विज्ञहरुले बताएका छन्। लक डाउनपछिको अवस्थामा संक्रमितको संख्या भने केही घटेको छ।
बिरामीको फोक्सोमा अक्सिजन पुर्याउन भेन्टिलेटरले सहयोग गर्छ। विभिन्न साइज र मूल्यमा उपलब्ध हुने भेटिलेटर प्रयोजन भने एकै प्रकृतिको हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।