क्वालालम्पुर– नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुक मलेसियामा पनि एक नेपालीमा कोरोना भाइरस संक्रमण भएकाे  पुष्टि भएको छ।
मलेसियास्थित नेपाली दूतावासले शुक्रबार फेसबुक लाइभमार्फत् एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो।
मलेसियामा हालसम्म ३ हजार ३ सय ३३ जनामा कोरोनाकाे संक्रमण देखिएकाे छ। कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ भने ८ सय २७ जना निको भएका छन्।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।