धनगढी- कैलालीको धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवककी भाउजूलाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। उनकी भाउजूमा पनि कोरोना भाइरसका सम्भावित लक्षण देखिएपछि सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समार्फत् घरबाट ल्याएर आइसोलेसन वार्डमा भर्ना गरिएको हो।
अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले युवककी भाउजूलाई आइसोलेन वार्डमा राखिएको जानकारी दिएका हुन्। जोशीका अनुसार ती महिलासहित संक्रमितका परिवारका सदस्यको रिर्पोट आज आउने सम्भावना छ।
३४ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएपछि परिवारका १० जना सदस्यको नमूना संकलन गरिएको थियो। उनीहरुलाई तीन दिन धनगढी रंगशालाको क्वारेन्टाइनमा राखिएको थियो भने सुरुमा नमूनासमेत संकलन नगरी घर पठाइएको थियो। घर पठाएको दोस्राे दिन अस्पतालमा ल्याएर १० जनाको स्वाब संकलन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।