काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण देखिएको जटिल परिस्थितिमा इंग्ल्याण्डमा महिला र पुरुष क्रिकेट टिमका खेलाडीहरु आर्थिक सहयोगमा अघि बढ्ने भएका छन्।
राष्ट्रिय पुरुष क्रिकेट टिमका खेलाडीले अहिले सुरुवाती चरणमा पाँच लाख पाउण्ड सहयोग गर्ने बताइसकेका छन्। प्रोफेसनल क्रिकेटर्स एशोसियसनका अनुसार खेलाडीहरुले इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डलाई कुनै राम्रो काममा सहयोग होस् भनेर आर्थिक मद्धत गर्न लागेका हुन्।
यसका साथै राष्ट्रिय महिला टिमका खेलाडीहरुले अप्रिल, मे र जुन महिनाको तलब कम लिएर उक्त रकम सहयोग गर्न लागेको जनाइएको छ। ‘अहिलेको परिस्थितिमा हामीले आफ्नो ठाउँबाट गर्नसक्ने सहयोग गर्नुपर्छ भन्नेमा सबै खेलाडीमा एकमत रहेको छ’ महिला टिम कप्तान हेथर नाइटले भनेकी छिन्।
इंग्ल्याण्डमा क्लब फुटबल खेलाडीहरुलाई पनि तलब कम गर्न आग्रह गरिएको छ। विशेष गरी प्रिमियर लिगले खेलाडीलाई ३० प्रतिशत तलब कम लिइदिन आग्रह गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।