काठमाडौं- बसन्त चौधरीको लेखन र गायक राज सागरको स्वरमा सन्देशमूलक गीतको रिलिज गरिएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको अवस्थामा सन्देशमूलक गीत रिलिज भएको हो।
'उद्धार गरौं यो मानवताको' बोलको गीत बुधबार रेकर्ड गरिएको हो। यस गीतमार्फत गीतकार चौधरीले अहिले दयनीय अवस्थामा रहेको मानिसको उद्धार गर्नु पर्ने बताएका छन्। आफू जोगिन, अरुलाई पनि जोगाउन र संकटमा रहेकाहरुलाई उद्धार गर्न गीतबाट चौधरीले आह्वान गरेका छन्।
सन्देशमूलक शब्द भएको गीत लिरिकल भिडियोको रुपमा दर्शकसामु ल्याएको गायक राजले बताए। भ्वाईस अफ नेपालको स्टुडियोमा दीप घतानीले रेकर्ड गरेको यो गीतमा संगीत पनि गायक राज सागरकै छ।
गीतको संगीत संयोजन राहुल विश्वकर्माले गरेका हुन्। गीत भिओएन युट्युब च्यानलबाट रिलिज गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।