काठमाडौं- भारतीय पूर्वक्रिकेटर साथै वर्तमान संसद सदस्य गौतम गाम्भिरले कोरोना संक्रमण (कोभिड १९) विरुद्ध लड्न भारत सरकारलाई एक करोड भारतीय रुपैयाँ सहयोग गरेका छन्।
ट्वीटरमार्फत सहयोगका जानकारी दिएका गाम्भिरले एक करोड रुपैयाँका साथै आफ्नो एक महिनाको तलब पनि केन्द्रिय राहत कोषमा सहयोग गरेको उल्लेख गरेका छन्।
गाम्भिरले त्यसअघि आफ्नो फाउन्डेसनमा रहेका स्वयंसेवकहरु आवश्यक सहयोगका लागि खटिन तयार रहेको पनि बताएका थिए।
यसअघि पूर्वक्रिकेटर सचिन तेन्दुलकरले ५० लाख भारतीय रुपैयाँ साथै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले ५१ करोड भारतीय रुपैयाँ सहयोग गर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।