काठमाडौं– कुवेतमा रहेका एक नेपालीमा कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ। कुवेतस्थित नेपाली दूतावासले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै एक नेपालीमा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो।
कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार १ अप्रिलमा २८ नयाँ संक्रमित भेटिएका थिए। ती मध्ये १ नेपाली रहेका छन्। कुवेतमा कोरोना संक्रमितको संख्या ३१७ पुगेको छ। उपचारपछि ८१ जना निको भएका छन्।
![](https://nepallive.com/elFinder-2.1.51/files/kubet%20corona.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।