काठमाडौं–नेपाली कांग्रेसका नेता गगन थापाले महासंकटको अवस्थामा स्वास्थ्य सामग्री खरिदमा अनियमितता हुनु ‘घिनलाग्दो कृत्य’ भएको टिप्पणी गरेका छन्।
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आर्थिक अनियमितताको विषय बाहिरिएपछि थापाले ट्वीटमार्फत् यस प्रकरणका दोषी दण्डित नहुन्जेलसम्म आवाज उठाइरहने बताएका छन्।
‘दिन ढल्यो,कुरा बिर्सियो हुन कदापि नदिने’ उल्लेख गर्दै थापाले लेखेका छन्, ‘स्वास्थ्य सामग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौं।’
लकडाउन पछिको समयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा के गर्ने भनेर सरकार अन्योलमा रहेको थापाले बताए। सरकारसँग चैत २५ पछिको रणनीति र योजना के छ भनेर जिज्ञासा राख्नसमेत उनले सबैलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।