एजेन्सी-कोरोना भाइरसको संक्रमणका कारण हलिउडका चर्चित कलाकार एन्ड्रयु जैकको मृत्यु भएको छ। ७६ वर्षका उनको निधन कोरोना भाइरस संक्रमणका कारण भएको हो।
फिल्म स्टार वार्समा समेत अभिनय गरेका उनमा दुई दिन अगाडि मात्रै कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनमा कोरोना भाइरस संक्रमणहुँदा देखिने लक्षणहरु देखिएका थिएनन्। तर अचानक उनको मृत्यु भएपछि उनको प्रवक्ता र उनको श्रीमतीले टुइट गरेर यसबारे जानकारी दिएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।