काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पछिल्लो पटक मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाएको हो।
कोरोना भाइरसको संक्रमण फैलिएका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको कमीका कारण इन्डियन आयल कर्पोरेसनबाट नै मूल्य घटेर आएकाले नेपालमा पनि मूल्य समायोजन गरिएको निमगले जानकारी दिएको छ। घटेको मूल्य बुधबार राती १२ बजेबाट लागू हुने छ।
'निगम संचालक समितिको २०७६ चैत १९ गतेको निर्णयानुसार निगमले मिति २०७६ चैत १९ को राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मट्टितेलको साविकको खुद्रा बिकी मूल्यमा रु. १० घटाइएको छ,' निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'काठमाडौंको लागि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ९६ र डिजेल/मट्टितेलको खुद्रा बिकी मूल्य ८५ प्रतिलिटर कायम गरेको छ।'
हवाई ईन्धन (आन्तरिक उडान तर्फ) मा प्रतिलिटर १५ घटाई ७५ रुपैयाँ प्रतिलिटर तथा बाह्य उडान तर्फ ९५ सेन्ट (अमेरिकी डलर अनुसार) कायम गरिएको जानकारी निमगले दिएको छ। एल.पी.ग्याँसको हालको मूल्य यथावत नै राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।