काठमाडौं- अहिले नेपाल र भारत दुवैतिर लकडाउन रहेका कारण ग्यास आयात र बिक्री वितरणमा असहज हुन थालेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघले नेपालतर्फको ग्यास ढुवानी तथा बिक्री वितरणमा देखिएका समस्या र भारततर्फ देखिएको ढुवानीका समस्यासहितको १७ बुँदे ध्यानाकर्षण पत्र नेपाल आयल निगमलाई बुझाएको छ।
लकडाउनका कारण आपूर्ति र वितरण असहज भएको अवस्थामा नेपाल आयल निगमले दिनदिनै जसो नयाँ निर्देशनबाट थप समस्या उत्पन्न भएको व्यवसायीहरुको भनाइ छ।
अधिकांश मजदुरहरु लकडाउनका कारण काममा फर्किन नसकेका कारण लोड र रिफाइनरीमा समस्या भएको, काममा रहेका कर्मचारीले पनि आफूहरुलाई कोरोना संक्रमणको जोखिमबाट सुरक्षित महशुस गर्न नसकेको, सवारी साधन आवागमनमा लकडाउनको प्रत्यक्ष असर देखिएको तथा बैंक तथा वित्तीय संस्था बन्द भएका कारण कारोबार र भुक्तानीमा समस्या देखिएको लगायत १७ बुदे समस्यासहितको ध्यानाकर्षण पत्र निगमलाई बुझाइएको हो।
यस्तो छ नेपाल एलपी ग्यास उद्योग संघले आयल निगमलाई पठाएको ध्यानाकर्षण पत्रः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।