कञ्चनपुर- जिल्लाकाे दक्षिणी क्षेत्रका किसानकाे उखु क्रसिङ गर्न ७ दिनका लागि चिनी मिल सञ्चालनमा ल्याउने बेलौरी नगरपालिकाले निर्णय गरेकाे छ। मंगलबार बसेकाे बेलौरी नगरपालिकाकाे बैठकले किसानले काटेर लोडिङ गरेको र बारीमा रहेको उखु क्रसिङका लागि महाकाली सुगर मिल ७ दिन सञ्चालनमा ल्याउने निर्णय गरेको हाे।
स्थानीयबासिन्दालाई कोरोना संक्रमणको जाेखिमबाट जोगाउन आसपासको गाउँमा महाकाली सुगर मिलले स्यानिटाइजर स्प्रे गर्नुपर्ने निर्णय भएकाे छ।
आसपासका स्थानीयहरुलाई चिनी मिलले मास्क र पन्जा वितरण गरी कोरोना भाइरसको संक्रमणबाट जोगाउन पहल गर्नुपर्ने निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।